सिरहा । सिरहाको नवराजपुर गाउँपालिका २ मझौराका एक युवाको करेन्ट लागेर ज्यान गएको छ । 

मझौराका ३५ वर्षीय लक्ष्मण महतोको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । तर, उनको मृत्यु लहान नगरपालिका ८ स्थित ससुराली घरमा बस्दै आएका थिए । शुक्रबार बिहान हात धुने क्रममा कलमा जडान गरिएको पानी तान्न्ने मोटरमा विद्युत् प्रवाह भई करेन्ट लागेको परिवारले जनाएको छ । 

उपचारका लागि लाने क्रममा बाटोमै ज्यान गएको परिवारले जनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।