धरान । साबेरी बर्माको नयाँ गीत ‘छाप तिलक’ हालै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छन् । 

बलिउडमा पछिल्लो समयमा निकै मन पराएकी गीतकार बर्माको गीतमा रहुल वैध र पलक मुच्छलले आवाज भरेका छन् । उत्तर प्रदेशको लोकभाका रहेको गीतमा वैवाहिक माहौललाई उतारिएको छ । 

गीतको भिडियो पनि सोही अवधारणामा तयार गरिएको छ । बलिउडमा फरक पहिचान बनाउँदै गएकी उनको गीत पुराणिकको युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।