झापा । कारोना संक्रमित र मुत्युदर बढ्दै गइरहेकाले झापामा ७ दिन निषेधाज्ञा थपिएको छ ।

प्रमुख झापा जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बिहीबार बसेको बैठकले जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । डिसिसिएमसी झापाको बैठकबाट यस्तो निर्णय गरिएको हो । 

निषेधाज्ञका क्रममा आवश्यक सेवाबाहेकका सम्पूर्ण सेवामा पूर्ण रोक लगाइने जनाइएको छ । समुदाय स्तरमा व्यापक रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले निषेधाज्ञा बढाइएको जनाइएको छ । तोकिएका बाहेक सम्पूर्ण कार्य बन्द रहने जनाइएको छ ।

खाद्यान्न अभाब भए स्थानीय सरकार, प्रहरी, वाणिज्य संघमध्ये कुनै एउटासँग  सहकार्य गरी खरिद बिक्री गर्न पाउने निर्णय थप भएको जनाइएको छ ।