उर्लाबारी । उर्लाबारी नगरपालिका–७ को आधारभुत स्वास्थ्य सेवा केन्द्रको कार्यालय भवनको बुधबार शिलान्यास भएको छ ।
स्थानीय उर्लाबारी–७ का महेन्द्र कार्कीको परिवारबाट वडा कार्यालयलाई निःशुल्क प्रदान गरेको ६० लाख मूल्य बराबरको ३ कठ्ठा जग्गामा केन्द्रको शिलान्यास गरिएको हो ।
उर्लाबारी नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले निर्माण हुन लागेको भवनको शिलान्यास गरिन् । नगरको ५३ लाख ४० हजार ८ सय ८ रुपैया“को लागतमा दमकको रेनेता–इनिभेशन जेभीले ठेक्का पाएको छ ।
वडाका नागरिकलाई स्वास्थ्य परीक्षणमा पहु“च पु¥याउने उद्देश्यले केन्द्रको भवन निर्माण गर्न लागिएको वडाध्यक्ष वीरबल थापाले बताए । हाल वडा कार्यालय परिसरबाट वडावासीलाई स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।