उर्लाबारी । उर्लाबारी जेसीजले शुक्रबार उर्लाबारीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा रगत अभाव भएपछि जेसीजले रक्तदान गरेको अध्यक्ष अशोक धिमालले बताए ।
यही बेला मोरङ जिल्ला प्रशासनले जिल्लाभर निषेधाज्ञा गरेको छ । सोही कारण पनि रगत संकलन हुन नसकेपछि रगत अभाव भएको हो । भौतिक दूरी कायम गरेर रक्तदान गरिएको अध्यक्ष धिमाले बताए ।
यसअघि राष्ट्रिय युुवा संघ नेपाल नगर कमिटी उर्लाबारीले पनि मदन–आश्रितको स्मृति दिवस तथा नगरका उपाध्यक्ष वसन्त श्रेष्ठको सम्झनामा जेठ ३ गते देखि ५ गतेसम्म मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा रक्तदान आयोजना गरेको थियो । जसमा १८ युनिट रगत संकलन भएको संघका अध्यक्ष योगेश बस्नेतले बताए ।