धरान । कलाकार तथा ग्रीनतारा ग्रुफ अफ कम्पनीले प्रेस चौतारी नेपाल सुनसरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
इटहरीका कलाकार माधव केसीले तीन हजार थान मास्क दिए । त्यस्तै ग्रीनताराले एक हजार थान मास्क, सेनिटाइजर र हातधुने सामग्री प्रदान गरेको हो ।
मंगलबार कलाकार केसीले प्रेस चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्की, जिल्ला सहसंयोजक योगेशबाबु काफ्ले र सचिव विकास चाम्लिङ राईलाई सामग्री प्रदान गरे । बुुधबार ग्रीन ताराका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सम्राट श्रेष्ठले पनि सामग्री प्रदान गरेका थिए ।
चौतारीले पत्रकारहरुलाई सामग्री प्रदान गर्ने प्रेस चौतारी नेपाल सुनसरीका संयोजक प्रेम बास्तोलाले जानकारी दिए । चौतारीमा संकलित सामग्रीलाई नेपाल पत्रकार महासंघ सुनसरीलाई प्रदान गरिने चौतारीका सुनसरी सचिव विकास चाम्लिङ राईले बताए । ५ हजार पिस माक्स र ३ लिटर सेनिटाइजर महासंघलाई चौतारीले दिन लागेको चाम्लिङले जनाए ।
कोरोनाको दोस्रो लहरपछि सुनसरीमा १३ जना पत्रकारलाई संक्रमण भएको छ । जसमध्ये एकजनाको अवस्था गम्भीर भएका कारणले काठमाडौंमा उपचार भइरहेको छ । ११ जना होम आइसोलेसनमा छन् । एकजनाले कोरोना जितिसकेका छन् ।