ब्लाष्टखबर ।   लम्जुङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा लम्जुङको भुलभुले केन्द्रबिन्दु भएर गएको भूकम्प ५.८ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्प जमीनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको केन्द्रले जनाएको छ ।  

भूकम्पको धक्का काठमाडौंमा पनि महसूस गरिएको छ ।