ब्लाष्टखबर ।  पश्चिम बंगालको चुनाव पछि पनि हिंसाको क्रम रोकिएको छैन। वीरभूम जिल्लामा तृणमूल कांग्रेस र भाजपा कार्यकर्ताबीच झडपमा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको भारतिय संञ्चारमाध्धयमले जनाएकाे छ । 

दुबराजपुर विधानसभा क्षेत्र मुक्तिनगर गाउँमा भाजपा कार्यकर्ताहरूको समूहले  शुक्रबार राती गाउँलेका घरहरूमा घुस्ने प्रयास गरेपछि शनिबार भएकाे झडपमा उक्त घटना भएकाे एक प्रहरी स्राेतलाइ उद्ध्रित गर्दै अमरउजालाले समचार संप्रशण छ । 

भाजपाका कार्यकर्ताहरू  गउँमा पसेपछि गाउँलेकाे उद्दार गर्न पुगेका  तृणमूलका कार्यकर्ता र भाजपाका कार्यकर्ता विच झडप भएकाे थियाे । भडपमा गम्भिर घइते भएका एक जनाकाे अस्पताफमा उपचारकाे क्रममा मृत्यु भएकाे समचारमा उल्लेख छ । 

एक प्रहरी अधिकारीका अनुसार शुक्रबार रात डुबराजपुर विधानसभा क्षेत्रको मुक्तिनगर गाउँमा एक जना गाउँलेको घरमा घुसेको आरोपमा भाजपा कार्यकर्ताहरूको समूहले हिंसात्मक झडप गरेको छ।