सत्ताच्युतको अवस्थापछि  विद्रोह र प्रदर्शनका बीच गुज्रिरहेको म्यानमारमा एउटा पार्सल बम विष्फोट भएको छ । समाचारका अनुसार यो विष्फोटका कारण एक सांसद् र तीन प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । 

यो घटना म्यानमारको दक्षिणी इलाकास्थित बेगोंमा भएको हो । पार्सल बम विष्फोटमा नेशनल लिग अफ डेमोक्रेसीका सांसद सू क्यू र तीन प्रहरी अधिकारीको मृत्यु भएको छ । 

यसैबीच म्यानमारको अवस्थालाई लिएर संयुक्त राष्ट्र संघमा चीनका राजदूत झाङ जुनले मुलुक गृह युद्धको बाटोमा अघि बढेको धारणा राखेका छन् ।