कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा सुनसरी प्रशासनले आंशिक निषेधाज्ञालाई खारेज गर्दै पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ । 

शहर सुनसान प्रायः छन् तर भित्री बजारहरुको भीड नियन्त्रण हुन सकेको छैन । विशेषगरी कृषि बजार र तरकारी बजारको भीड नियन्त्रण गर्न र सहज बिक्री वितरण गर्न स्थानीय प्रसाशन उदासिनजस्तै देखिएको छ । 

Bhanuchowk_tarkaribazar16

धरानस्थित भानुचोकमा रहेको तरकारी बजार कोरोना संक्रमणको केन्द्र (हटस्पट) बन्ला कि भन्ने त्रास उत्पन्न भएको छ । 

प्रशासनले अत्यावश्यक वस्तु खरिद गर्नका लागि बिहान १० बजेसम्मको समयसीमा दिएको छ । तर, यही समयमा तरकारी बजारमा भीडभाड बढेको देखिएको छ । स्वास्थ्य सुरक्षाको कुनै पनि नियम अपनाइएको छैन । मास्क भने लगाएको देखिएको छ । तर भौतिक दूरी, सेनिटाइजरलगायतका सावधानी अपनाएको  देखिएको छैन ।

 Bhanuchowk_tarkaribazar2

जिल्ला प्रशासन कार्यालय सुनसरीले मध्यरातिबाट पूर्ण निषेधाज्ञा जारी गरेपछि धरानको भानुचोक सुनसान छ तर भित्री बजार भने अव्यवस्थित रुपमा भीडभाड छ ।

यस अघिको आंशिक  निषेधाज्ञामा जोरबिजोर प्रणालीअनुसार सवारी साधन सञ्चालन गर्न दिएको थियो तर कोरोना संक्रमणदर बढ्दै गएपछि मंगलबार डिसिसिएमसीको बैठकले  गए राति १२ बजेबाट पूर्ण रुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । 

Bhanuchowk_tarkaribazar3

निषेधाज्ञापछि धरानको भानुचोक भएर सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायात बन्द छन् । धरानभित्रै सञ्चालन हुने टेम्पो, सफारी तथा अन्य सवारी साधनलाई पनि रोक लगाइएको छ । 

जिल्ला प्रसासन कार्यालयले औषधी, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु तथा सेवा खरिदबाहेक घर बाहिर निस्कन रोक लगाएको छ । 

Bhanuchowk_tarkaribazar1

औषधिबाहेकका अत्यावश्यक वस्तुको खरिद, बिक्रीका लागि बिहान ६ बजेदेखि १० बजेको समय तोकिएको छ । 

हेर्नुहोस् तस्बिरमा भानुचोकको तरकारी बजार र पूर्ण निषेधाज्ञाको पहिलो दिन धरानका केही तस्बिरः 

Bhanuchowk_tarkaribazar4

Bhanuchowk_tarkaribazar13

Bhanuchowk_tarkaribazar12

Bhanuchowk_tarkaribazar14 1

Bhanuchowk_tarkaribazar8

Bhanuchowk_tarkaribazar9

Bhanuchowk_tarkaribazar11

Bhanuchowk_tarkaribazar15

Bhanuchowk_tarkaribazar6

Bhanuchowk_tarkaribazar7

Bhanuchowk_tarkaribazar10

Bhanuchowk_tarkaribazar5

प्रस्तुत समाचार सामग्री (भिडियाे तथा तस्बिरहरू) लिंदा वा तयार गर्दा स्वास्थ्य सामग्रीकाे प्रयाेग गरी, भाैतिक दूरी कायम गरी, स्वास्थ्य सावधानीका उपाय अवलम्वन गरिएकाे छ । 

(प्रस्तुत  भिडियो र तस्बिर फेसबुक इन्स्ट्यान्ट  आर्टिकलका कारण नदेखिएमा गुगल क्रोम  लगायतका इन्टरनेट ब्राेउजरबाट ब्लाष्टखबरडटकम लगइन गरेर हेर्न सक्नुहुने छ ।)