अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र युरोपियन अन्तरिक्ष एजेन्सीले आउने वर्षहरुमा पृथ्वीमा जतिबेलामा एस्टेरोइड (अन्तरिक्षबाट आउने चट्टान) ठोक्किन सक्ने चेतावनी दिएका छन् । 

हाम्रो पृथ्वी यो टकरावका लागि तयार नभएको पनि ती एजेन्सीको चेतावनी छ । हामीलाई एस्टेरोइडको ठक्करबाट बच्नका लागि निकै नै तयारीको आवश्यक्ता छ । 

नासा र युरोपियन एजेन्सीले एस्टेरोइडको ठक्करको पूर्वअभ्यासपछि निकालिएको निष्कर्षका अधारमा यस्तो चेतावनी दिएका हुन् । 

यस अघि २६ अप्रिलमा नासको प्लेनेटरी डिफेन्स कोअर्डिनेशन अफिसमा एउटा पूर्वअभ्यास गरिएको थियो । एउटा एस्टेरोइड पृथ्वीमा ठोक्किंदा यसको असर कस्तो हुनेछ भन्ने जान्नका लागि यो पूर्वअभ्यास गरिएको थियो । 

वैज्ञानिकहरुले ठक्करको आशंका अहिले निकै टाढा भए पनि भविष्यमा यस्तो हुन सक्ने अनुमान गरेका छन् । यो अभ्यासपछि नासा र युरोपियन एजेन्सीले पृथ्वीलाई बचाउने प्रयास सुरु गरेको बताएका छन् ।

अभ्यासका क्रममा नासाले एउटा ठूलो एस्टेरोइड पृथ्वीतर्फ आइरहेको कल्पना गरेको छ । यो एस्टेरोइडलाई ‘२०२१ पीडीसी’ नामाकरण गरिएको छ । जसको आयतन चौडाई ३५ मिटर ७०० मिटर लम्बाई थियो । अभ्यासमा एस्टेरोइड पृथ्वीमा ठोक्किने ५ प्रतिशत सम्भावना रहेको देखिएको थियो । यो ठक्कर जहिले पनि हुन सक्ने अनुमान गरिएको छ । अन्तरिक्षबाट आउने चट्टानसँग यो ठक्कर अत्यन्तै भयानक हुने छ । जसलाई शक्तिशाली परमाणु बमको विष्फोटसँग तुलना गरिएको छ ।

परमाणु बमले आक्रमण गर्ने अमेरिकी वैज्ञानिकको तयारी

पृथ्वीमा एस्टेरोइड ठोक्किने खतराकाबीच अमेरिकी वैज्ञानिकले योसँग लड्नका लागि तयारीमा जुटेका छन् । अमेरिकी वैज्ञानिक यस्ता एस्टेरोइडलाई पृथ्वीको कक्षबाट टाढा पठाउनका लागि वैकल्पिक तरिका अपनाउन अघि बढेका छन् । 

वैज्ञानिकले यसका लागि परमाणु हतियारलाई विकल्पका रुपमा अघि सारेका छन् । उनीहरुले केही विषयमा परमाणु हतियारको प्रयोगको विकल्प गैर–परमाणु हतियारको  विकल्पभन्दा निकै फलदायी हुने सुझाव दिएका छन् । 

प्रतीकात्मक तस्बिर