म्यान्मारमा सैन्य तानाशाहीका विरुद्ध प्रदर्शन गरिरहेका व्यक्तिमाथि सेनाले सोमबार फेरि गोली चलाएको छ । सेनाको गोली लागी आठ जनाको मृत्यु भएको छ ।

अर्कोतर्फ लोकतन्त्र समर्थकले अन्तर्राष्ट्रिय स्तरमा म्यान्मार स्प्रिङ रिभोल्युसन नामबाट प्रदर्शन अभियान आयोजना गरेका छन् । यो आयोजनाको उद्देश्य विश्वलाई म्यानमारको अवस्थाबारे जानकारी होस् भन्ने रहेको छ  । 

म्यानमारका कयौं शहरमा एकै साथ प्रदर्शन भइरहेको छ । जसमध्ये केही ठाउँको प्रदर्शनको  नेतृत्व बौद्ध भिक्षुहरुले गरिरहेका छन् । यसै क्रममा मांडलेमा जारी प्रदर्शनमा गोली चलाउँदा दुई नागरिकको मृत्यु भएको छ । वेटलेटमा तीन जना र शान राज्यका विभिन्न शहरमा सेनाले दुई जनाको हत्या गरेको छ । 

हालसम्म सेनाले ७५९ जना नागरिकको हत्या गरिसकेको छ ।