‘हामीलाई विश्वास हुन छाड्यो कि एक जोडीका रुपमा अब हामी अगाडि बढ्न सक्छौं,’ 

‘निकै सोचविचार गरी आफ्नो सम्बन्धका लागि धेरै प्रयास गरेपछि हामी आफ्नो वैवाहिक जीवन अन्त्य गर्ने निर्णयमा पुगेका हौं,’ कुनै समय संसारको पहिलो नम्बरमा आउने धनी व्यक्ति विल गेट्स दम्पत्तिले ट्वीटरमा लेखेका छन् । 

एउटा धनी दम्पत्तिको २७ वर्षे वैवाहिक जीवनको अन्त्यको घोषणा भएको छ । ‘धनमात्र सबै थोक हो रहेछ त ?’ यो दम्पत्तिको निर्णयले फेरि धन, रुपैयाँ, सम्पत्ति मात्र अङ्क हो भने पुष्टि गरिदिएको छ ।

माइक्रोसफ्टका संस्थापक विल गेट्स र मेलिन्दा गेट्सले आफ्नो २७ वर्ष लामो वैवाहिक जीवन अन्त्यको घोषणा गरेको उनीहरुको संयुक्त वक्तव्यमा भनिएको छ ।

उनीहरुका तीन सन्तान छन् । सम्बन्धविच्छेदपछि पनि उनीहरुले संयुक्त रुपमा विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसन सन्चालन गर्नेछन् ।

यो जोडीको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो, जतिबेला मेलिन्दाले माइक्रोसफ्टमा जागिर सुरु गरेकी थिइन् । 

फाउण्डेसनले हालै मात्र बालबालिकालाई संक्रामक रोगबाट बचाउन खोप अभियानका लागि अर्बौं डलर सहयोग गरेको थियो । फोब्र्स म्यागाजिनका अनुसार गेट्स विश्वका चौथो धनी व्यक्ति हुन् । उनीसँग १ सय २४ विलियन अमेरिकी डलर सम्पत्ती छ । उनी लामो समयसम्म विश्वकै धनी व्यक्तिका रुपमा थिए ।

सन् १९७० को दशकमा स्थापना भएको माइक्रोसफ्टका सह–संस्थापक गेट्सले त्यसयता कम्पनीलाई विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी बनाए । त्यही माध्यमबाट धेरै पैसा कमाए ।