आगामी वर्षदेखि अमेरिकामा एक लाख २५ हजार जना शरणार्थीले वार्षिक रुपमा प्रवेश पाउने निश्चित भएको छ । अमेरिकाले वार्षिक रुपमा आफ्नो देशमा प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने भएको छ । 

राष्ट्रपति जो बाइडेनले आगामी वर्षदेखि अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने घोषणा गरेका हुन् । उनले आगामी वर्षदेखि अमेरिकामा एक लाख २५ हजार जना शरणार्थीले वार्षिक रुपमा प्रवेश पाउने घोषणा गरेका हुन् । 

गत वर्ष पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रवेश गर्ने शरणार्थीको संख्या १५ हजारमा सीमित गर्ने घोषणा गरेसँगै उक्त निर्णयको सर्वत्र आलोचना भएको थियो ।

त्यसअघि आमेरिकामा वार्षिक रुपमा ६५ हजार शरणार्थीले प्रवेश पाउने गरेका थिए । राष्ट्रपति बाडइनले अघिल्लो सरकारको निर्णय अमेरिकाको मूल्य मान्यता विपरीत भएकाले नयाँ आदेश जारी गरेको बताएका छन् ।

उनले आगामी आर्थिक वर्षका लागि एक लाख २५ हजार जना शरणार्थीलाई अमेरिका प्रवेशको अनुमति दिने आफ्नो योजना रहेको बताएका छन् । 

राष्ट्रपति बाइडेनले आफ्नो चुनावी प्रतिवद्धताअनुरुप नै विदेश नीतिमा केही सुधार गर्न लागेको ह्वाइट हाउसलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

गत जनवरीमा पदभार ग्रहण गरे लगत्तै राष्ट्रपति बाइडेनले आप्रवासी शरणार्थीहरुबारे नयाँ कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका थिए । तर मेक्सिकोबाट दक्षिण अमेरिकाको सीमा पार गर्दै आउने आप्रवासीको संख्या अत्यधिक भएसँगै बाइडेनको सो घोषणा कार्यान्वयन हुन सकेको थिएन ।