धनकुटा। छथर जोरपाटी गाउँपालिकाले बिज्ञान बिषयमा प्रदान गरेकोे छात्रवृति अनुदान रकम आईतवार हस्तान्तरण गरेको छ ।

छात्रवृति पाउने महाकाली मा.बि.ताम्लिङ्ग वडा नं. ५ छथरजोरपाटीका.सुदिप लिम्बूलाई गाउँपालिकाले छात्रवृति बापतको नगद  ५० हजार हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू,उपाध्यक्ष भीमकला र शिक्षा शाखा प्रमुख निर्मला सुबेदीले लिम्बू र उनको बुवा काल बहादुर लिम्बूलाई ५० हजार वरावरको चेक रकम हस्तान्तरण गरेका छन् ।

छात्रवृति पाउने लिम्बू ०७६ सालमा एस.ई.ई.पास गरी हाल धनकुटा नगरपालिकाको गोकुण्डेश्वर मा.बि.मा कक्षा ११ मा  विज्ञान विषय लिएर अध्ययन गरि रहेका छन् ।

गाउँपालिकाले गएको माघ १९ गते छात्रवृतिको लागि सूचना प्रकाशित गरेको थियो । सूचनाका आधारमा यो बर्ष पालिका भित्रको १० वटा माध्यामिक विद्यालयहरु मध्येबाट उनको मात्र दरखास्त परेको थियो ।