मोरङको कानेपोखरी गाउँपालिका–६ मूलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । 

यसअघि २०७२ सालमा स्थापना गरिएको ५० हजार रुपैयाँको अक्षयकोषमा थप गर्दै साँवा परिवारले १ लाख १ हजार रुपैयाँ पु¥याइदिएको हो ।

सरस्वती आधारभूत विद्यालयको पहिलो अक्षयकोष निर्माणकर्ता स्वर्गीय धनबहादुर सावाँ लिम्बूले २०७२ मा ‘कालुसिंह, आइतराज र बुधरानी’ को स्मृतिमा ५० हजार रुपैयाँ अक्षयकोष निर्माण गरेका थिए । 

सोही कोषमा रकम थप गर्दै १ लाख १ हजार रुपैयाँ पु¥याएको अक्षयकोषको नामाकरण ‘धनबहादुर–कालुसिंह बुधरानी, आइतराज’ राखिएको छ । 

सावाँ परिवारले अक्षयकोषमा थप गरिएको ५१ हजार रुपैयाँ विद्यालयका प्रधानध्यापक चन्द्रबहादुर मगर र व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराईलीलाई एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरियो । 

स्कुलमा स्थापना गरिएको अक्षयकोषको ब्याजबाट विद्यालयमा अध्ययरत जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

 अक्षयकोषको संरक्षक शुक्रहाङ सावाँ लिम्बूले विद्यालयले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गरे । उनले आफ्नो परिवारले स्कुलको पक्षमा केही सहयोग गर्न पाउँदा निकै उत्साह बढेका बताए । उनले स्वर्गीय हुनुभएको बुवाको नाममा राखिएको अक्षयकोष सही रुपमा सदुपयोग गरिदिन आग्रह गरे । 

विद्यालयका प्रधानाध्यापक चन्द्र मगर र व्यवस्थापन समितिका अध्यक्ष बराईलीले यस्ता अक्षयकोषले विद्यालयको गुणस्तर सुधारमा ठूलो सहयोग मिल्ने बताए । 

अंग्रेजी माध्यमबाट पठनपाठन सुरू भएको सरस्वती आधरभूत विद्यालयको गुणस्तर सुधारमा पूर्व विद्यार्थी, अभिभावक र शिक्षकहरू अहिले लागि परेका छन् । विद्यालयको गुणस्तर सुधारमा लागि परेपछि विद्यालयलाई सहयोग गर्ने मनकारी संघसंस्थाहरू अहिले बढेका छन् ।