बिर्तामोड ।कोरोना संक्रमित झापाका पत्रकार कमल मिश्रको निधन भएको छ । 

झापाका पुरानामध्येका पत्रकार तथा मानव अधिकार र धार्मिक अभियानमा सक्रिय मिश्रको कोरोना संक्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पत्रकार मिश्र केही दिनदेखि कोभिड अस्पताल टेकु काठमाण्डौमा भर्ना भएर उपचाररत थिए । उपचारकै क्रममा गएराति १ बजे उनको निधन भएको मिश्रका आफन्त तथा झापाली पत्रकार तीर्थ सिग्देलले जानकारी दिए ।

पत्रकार महासंघ झापा शाखाका सदस्य समेत रहेका भएका बिर्तामोडका ४८ बर्षीय पत्रकार मिश्र केही बर्षदेखि परिवारसहित काठमाडौंमा बस्दै आएका थिए ।