ब्लाष्टखबर । भारतकाे माहाराष्ट्रमा काेराेनाकाे दाेस्राे लहरका कारण बढ्दाे संक्रमणकाे जाेखिमलाई मध्यनज गर्दै राज्य सरकारले बुधबार देखी  १५ दिनकालागी लकडाउन घाेषणा गरेकाे छ । आज राति ८ बजेदेखी त्यावस्कबाहेका सम्पूर्ण क्रियाकलापलाई बन्देज गरीएकाे भारतिय संञ्चार माध्यमले जनाएकाे छ । 

समचारमा महाराष्ट्रमा काेराेना काे बढ्दाे संक्रमणका कारण त्यहा रहेका अस्पतालहरूमा बेड तथा भेन्टिलेटरकाे कम भइरहेकाे , काराेना संक्रमितलाई दिइने रेमडेसिभिर र अक्सिजनकाे अभाव हुनेकाे साथै आइसीयूमा समेत ठाउँ छैन । 

अस्पतालहरूमा अक्सिजनकाे अभाव खड्कीन थालेपछि त्यहाका मुख्यमन्त्री  उद्धव ठाकरेले भारतीय  प्रधानमन्त्रीलाई वायु सेनाकाे जहाजबाट अत्यावस्क औषधी तथा  अक्सिजनकाे आपूर्ति गर्न अपिल गरेका छन् । 

लकडाउनकाे अवधिमा माहाराष्टमा सिनेमा हल, जिम, पार्क, खेल मैदान बन्द गरिएकाे छ । त्यस्तै, फिल्म तथा टेलिचलचित्रकाे सुटिङ समेत राेक लगाइएकाे छ ।

यसका अलाभा विद्यालय, कलेज, सैलुन, काेचिङ रेन्टर पार्लर स्पा लगायतका साथै सबै धार्मिक, सामाजिक, सांस्कृतिक र राजनीतिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइनेछ।