भारतमा काेराेनाकाे दाेस्राे लहर सुरू भएसंगै प्रत्येक दिन एक लाख ५० हजार भन्दा बढी नयाँ काेराेना संक्रमणका घटनाहरू पुष्टि भइरहकाे छ ।  काेराेना संक्रमणकाे संख्यामा भइरहेकाे बृद्धिसंगै संक्रमित मृतककाे संख्यामा पनि वृद्धि भइरहकाे छ । 

भारतकाे छत्तिसगढ राज्यकाे राजधानी रामपुरमा काेराेनाकाे बढ्दाे संक्रमणका घटनाहरूसंगै मृत्युदरमा वृद्धि हुँदा त्यँहाकाे सबै भन्दा ठूलाे अस्पतालमा शव व्यवस्थापनमा समस्या देखिन थालेकाे  भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।

डा. भीम राव अंबेडकर मेमाेरियल अस्पतालमा काेराेना संक्रमित मृत्युकाे संख्यामा वृद्धि भएसंगै शव व्यवस्थापनमा समस्या देखिन थालेकाे हाे । 

समाचारका अनुसार अस्पतालकाे शव गृह पूर्ण रूपमा भरिएपछि अस्पताल परिसर स्टेचरदेखि फर्शमा  यत्रतत्र शव देखिन थालेकाे छ । अस्पतालमा रहेका अधिकांश शवहरू काेराेना संक्रमितकाे रहेकाे  बताइएकाे छ । 

अस्पतालमा काेराेना संक्रमित बिरामी अत्यधिक भएकाेले आइसीयू र अक्सीजन भएका बेडहरू पूर्ण रूपमा भरिएकाे अस्पतालका एक कर्मचारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएकाे छ  । 

समाचारमा अस्पतालका एक डाक्टरकाे भनाइ उद्धृत गर्दै  संक्रमितहरूमा कुनै लक्षण बिनै एकदमै चाडाे   बिरामीकाे स्वास्थ अवस्था बिग्रिरहकाे बताइएकाे छ । 

एउटै अस्पतालबाट प्रत्येक दिन ५५ काेराेना संक्रमितकाे शव दाहसंस्कार गरिदै आएकाे समचारमा उल्लेख गरिएकाे छ ।