पूर्वको सुन्दरी नगरी धरान यतिबेला पानी विवादमा फसेको छ । धरानेका घरमा दिन बिराएर पानी आउँछ । त्यो, पनि एकै छिनमात्रै । पानी नपाएकै कारण धरानवासी आन्दोलित छन् भने पानी नभएकै कारण पर्यटकीय क्षेत्रमा पनि सुखा लागेको छ । 

पछिल्लो समय धरानमा आन्तरिक पर्यटकको चहलपहल हुँदै आएको ओशो साधना केन्द्र अर्थात् बीपी स्मृति पार्क सुनसान बन्न पुगेको छ ।