पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६९ हजार बढी नयाँ भाइरसका संक्रमित थपिएका छन् ।

विश्वका अन्य देशको तुलनामा भारतमा संक्रमण दर उच्च भएको छ । एकैदिन ९ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म १ लाख ७० हजार भन्दा बढिको कोरोनाका कारण मृत्यु भइसकेको छ भने कोभिड १९ विरुद्धको खोप अभियान पनि जारी छ ।

संक्रमितको संख्या अत्यधिक बढेपछि खोप अभावका कारण अभियान प्रभावित बन्न पुगेको छ । भारतपछि सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । अ

मेरिकामा विगत २४ घन्टामा ४७ हजार बढीमा संक्रमण देखिएको छ भने ब्राजिलमा ३७ हजार बढीमा संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।