धरानमा 'विद्यालय' काे पर्याय 'युरेका '


युरेका स्कुल धरानको पुरानो निजी तथा संस्थागत विद्यालय हो । तीन दशक लामो यात्रामा विभिन्न आरोहअवरोह विद्यालयले खेपेको छ । तर उत्कृष्ट शैक्षिक क्रियाकलाप र नतिजाले विद्यालयको गरिमा उँचो बनाएको छ । 

इन्टरनेश्नल स्कुल अवार्डबाट सुशोभित यो विद्यालय धरानको स्कुलको पर्याय जस्तै बनेको छ । धरान भन्ने बित्तिकै पूर्वको सुन्दर नगरी र स्कुल भनेपछि युरेका स्कुल । 

अवसरहरूको सिर्जना, जीवन परिवर्तन साथै कडा मिहिनेत तथा अन्तर्राष्ट्रिय स्तरको सिकाइ प्रदान गर्नु युरेका स्कुलको विशेषता हो । विद्यालयले आफ्ना विद्यार्थी तथा शिक्षकलाई विश्वबारे नयाँ दृष्टिकोण प्रदान गरी विश्व अर्थतन्त्रमा काम गर्न सक्ने सीप विकास गर्ने उद्देश्य लिएको छ ।  

नयाँ राष्ट्रिय पाठ्यक्रम ढाँचाले पनि अन्तर्राष्ट्रिय सिकाइको मूल्य, महत्व स्वीकारेको अवस्थामा नेपालमा गुणस्तरीय शिक्षाका लागि नेतृत्व वर्ग, शिक्षक एवं विद्यार्थीबीच सहकार्य निरन्तर जारी राख्नुपर्ने विद्यालयको विश्वास छ । 

विद्यालयले समूह निर्माण, नवीन प्रस्तुति र प्रोजेक्ट व्यवस्थापनमा विद्यार्थीलाई प्रोत्साहित गर्छ । सिकाइमा विद्यार्थीको स्वतन्त्रता र पाठ्यक्रमसँगसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन्छ ।  

सूचना तथा सञ्चार प्रविधि र शिक्षण विधिमा सुरक्षित र व्यवस्थित तरिकाले नयाँ सीपको अभ्यास गर्ने अवसर विद्यालयले उपलब्ध गराउदै आएको छ । 

ब्रिफिङ, कार्यशाला, अनलाइन शिक्षण, सामुदायिक सहभागिता र विचारहरूको आदानप्रदानलाई विद्यालयले प्रोत्साहित गरिरहेको छ । जसले नेतृत्व क्षमता विकास गर्छ । शिक्षक र विद्यार्थीलाई पाठ्यक्रममा विभिन्न महत्वपूर्ण सीप एकीकृत गर्न सहयोग पुग्छ ।

विश्वव्यापीकरण भएको अर्थतन्त्रमा बालबालिकाहरूलाई बाँच्न र काम गर्न सक्ने ज्ञान एवं सीपले सुसज्जित गर्न विद्यालय अग्रसर भइरहेको छ । बालबालिकाको समुन्नति, सिकाइ उपलब्धि प्रदानमा शिक्षकहरूलाई सहयोग गर्न उच्च गुणस्तरीय स्रोत सामग्रीमा पहुँच निर्माण गर्न विद्यालय तत्पर छ । 

कला तथा संस्कृति, अंग्रेजी भाषा, शिक्षा र सामुदायिक उत्तरदायित्व निर्वाहमा युरेका स्कुलले योगदान गरिरहेको छ । 

बालबालिकाका सिकाइ उपलब्धि मूल्यांकनका लागि विभिन्न लिखित, मौखिक, प्रयोगात्मक परीक्षा, क्रियाकलाप र सहभागितालाई आधार मानिन्छ । त्यसैले पनि युरेका यी तमाम उपलब्धिहरूको आधारमा अब्बल विद्यालय हो भन्न सकिन्छ । 

जीवन तथा कर्मको महत्व सिकाउने उद्देश्यले सञ्चालित यो विद्यालय र यसका निर्देशक राजेन्द्र गुरुङसँग हामीले कुराकानी गरेका छौं ।