नेपाल पत्रकार महासङ्घ सुनसरीको १२ औ साधारण सभापछि नेकपाका विभिन्न गुट उपगुटले सुनसरीमा भ्रम फैलाउने काम गरेकाले भ्रमका पछि नलाग्न सुनसरी महासङ्घका पदाधिकारी तथा नेकपाका नेताहरूले बताएका छन् ।

पत्रकार महासङ्घले अग्रगमन प्रतिगमन नभनी प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता स्थापनाका लागि कटिबद्ध रहेकाे बताइएकाे छ ।

पत्रकार महासङ्घ राजनीती गर्ने थलो नभएर पत्रकारको हकहितका पक्षमा पैरवी गर्ने सस्था भएकाले पत्रकारहरुलाई भ्रममा नपर्न आग्रह गरिएकाे छ ।

पत्रकार महासङ्घ सुनसरीले प्रेस स्वतन्त्रताबाहेक अन्य राजनीतिक गुटको इच्चाअनुसार निर्णय नगर्ने बताए ।

प्रेस सङ्गठन नेपाल सुनसरीको शनिबार आयोजित जिल्ला भेलामा अग्रज पत्रकार किशोरकुमार कार्कीले राजनीतिक जगमा उभिएको मुलुकमा पत्रकारहरुले राजनीतिक चेतना राख्नु पर्ने बताए । स्थिरता, विकास, राष्ट्रियताको रक्षाका लागि कटिबद्ध भएर पत्रकारहरु सङ्गठित हुनु पर्नेमा जोड दिए ।

जिल्ला भेलामा प्रेस सङ्गठनका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईको प्रमुख आतिथ्यतामा शुरु भेलामा प्रदेश पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुइटेल, नेकपाका केन्द्रीय सदस्यहरु मुरारी सुवेदी, मोतिराज सुनुवार, विजय राईलगायतको उपस्थिती छ । भेलाले प्रेस संगठन सुनसरीका संयाेजकमा शेखर ढकाल र सहसंयाेजक द्वय शुभद्रा प्याकुरेल र दिनेश गजमेरलाइ चयन गरेकाे छ ।