ब्लाष्टखबर । भारतकाे उत्तराखंड स्थित चमोलीमा तपोवनमा ग्लाेशियर भत्कदा सुरूङ भित्र फेसेकाहरूकाे उद्दारमा खटिएकाे टाेली अझै सुरूङ भित्र रहेका व्यक्तिलाई सम्पर्क गर्न सकेका छैनन्।
तिनदिन देखी जारी उद्दार कार्यमा जारी रहकाे २.५ किलिाेमिटर लामाे एनटिपिसी हाइलट प्राेजेक्ट सुरूङमा करी ३५ जना मानिसहरू फसेकाे भारतीय संञ्चार माध्यमले जनाकाे छ । भारतीय संञ्चार माध्यम आउटलुक हिंन्दीका अनुसार २०६ जना बेपत्ता भएका हरू मध्ये हाल सम्म ३२ जनाकाे शव फेला परेकाे छ ।
उत्तराखंड सरकारका अनुसार ग्लाेशियर टुट्नाले मृत्यु भएका ३२ जनाकाे शव मध्ये ८ जनाकाे मात्र सनाखत भएकाे छ । अन्य २४ जनाकाे भने डिएनए परिक्षण गरी सनाखतका लागी सुरक्षित गरिने बताइएकाे छ ।