श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ ८ गते बिहीबार, २१ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको अष्टमी तिथि १६ः०४ बजेसम्म, उप्रान्त नवमी तिथि, नक्षत्र अश्विनी १५ः४८ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः३५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

मनमा दुविधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्ने हुनाले विचार पु¥याउनु होला ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइएला । शुभसमाचर सुन्नमा आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै कार्य सफल हुने समय रहेको छ ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । धर्म, कर्म तथा समाज सेवामा रुचि बढ्ला । समय राम्रँे रहेको छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परीक्षा तथा प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कामकाजमा सफलता मिल्ला । वाहन सुख मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

स्वादिष्ट भोजन मिल्नेछ । प्रेममा मधुरता छाउने र सफलता मिल्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको पनि योग देखिन्छ । सोचेका कामहरू पूरा हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साथीभाइको भेटघाटले मन प्रसन्न रहनेछ । अध्ययन–अध्यापनभन्दा मनोरञ्जनात्मक कार्यमा दिन बित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । समय मध्यम् रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

भाग्यले साथ दिनेछ । काममा सफलता हात पर्नेछ । नयाँ काम सुरु गर्ने मौका रहेको छ । दिन राम्रँे छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । चिताएको कामले तीव्रता लिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अचल सम्पत्ति हातपर्नुका साथै लाभदायक यात्रा हुनेछ । वैदेशिक यात्राको योग रहेको छ । मन प्रसन्न रहला ।