ब्लाष्टखबर । धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा धनकुटाका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा–४ का ७७ वर्षीया महिला रहेका छन् ।  धनकुटा जिल्ला अस्पतालबाट पुस १४ गते रिफर भई पुस १६ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जनाएको छ । 

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान ६ बजेर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जनाएका छन् । 

मृतकलाई उच्च रक्तचापको दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ । शवको नियमअनुसार व्यावस्थापनको कार्य भइरहेको  पोखरेलले बताएका छन् ।