ब्लाष्टखबर । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा १५ हजार १५८ जनामा कोरोन संक्रमण पुष्टि भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएका छ । जस संगै कुल संक्रमितको संख्या १ करोड ५ लाख ४२ हजार ८४१ पुगेको हो । 

गयएको २४ घण्टामा १७५ जना कोरोना संक्रमितले ज्यान गुमाएसंगै भारतमा कोरोना संक्रमित मृत्यु हुनेको कुल संख्या १ लाख ५२ हजार ९३ पुगेको एएनआइ जनाएको छ ।  


एएनआइका अनुसार भारतमा हाल २ लाख ११ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन्र भने, हालसम्म  १ करोड १ लाख ७९ हजार ७१५ जना कोरोना मुक्त भएका छन् । 

आजैबाट भारतमा कोरोना विरूद्धको बृहत खोप अभियान थालिएको छ । एएनआइका अनुसार आज भारतको ३ हजार ६ स्थानमा रहेको खोप केन्द्रबाट खोप लगाइदै छ । 

हरेक केन्द्रबाट १०० जनाले खोप लगाउने बताइएको छ ।