ब्लाष्टखबर । धरान उपमहानगरपालिकाले निजी विद्यालयहरूकाे शुल्क निर्धारण गर्न बेवास्ता गरेकाे भन्दै निजी विद्यालयका अभिभावकहरूले उपमहानगरपालिकामा नाराबाजी गरेका छन् । 

काेराेना महामारीका कारण विद्यालय संञ्चाचालनमा नआइरहकाे बेला निजी विद्यालयहरूले अनलाईन कक्षा तथा वार्षीक शुल्क भन्दै मनपरी शुल्क उठाइरहकाे भन्दै आन्दाेलरत अभिभावकहरूले आज बिहान शिक्षा महाशाखामामा नाराबाजी गरेका थिए । 

यसअघि असाेजमा निजी बिद्यालयहरूले कक्षा संञ्चालनमा नरहेकाे अवस्थामा पनि अभिभावकहरूलाई कक्षा संञ्चालन भए अनुरूप शुल्क तिर्न दवाब दिन थालेपछि उपमहानगरपालिकालाई अनलाईन कक्षा संञ्चालन गरे वापतकाे शुल्क निर्धारण गर्न माग गरेका थिए। 

निजी विद्यालयका अभिभावकहरूले शुल्क निर्धारण गर्न, अनलाईन कक्षाकाे प्रभावकारीताकाे अनुगमन गर्न, शिक्षा निती जारी गर्न लगायतका  बिभिन्न ६ बुँदे मागसहित मंसिर १४ गतेसम्मकाे अल्टिमेटम दिइएकाे भएपनि समय सकिँदा पनि कुनै वास्ता नगरेकाे भन्दै धरान अभिभावक विद्यार्थी परिवारले आइतबारबाटै उपमहानगरपालिकामा धर्नाका लागी अभिभावकहरुलाई आह्वानमा  गरेकाे थियाे । 

आइतबार धरानमा साेक बिदा भएकाले धर्ना हुन सकेपछि साेमबार उपमहानगरपालिका पुगेका उनिहरूले नगरप्रमुख र उप–प्रमुख दुबैलाई नभेटेपछि शिक्षा महाशाखा प्रमुख रत्न कटवालको कार्यकक्षमा पुगेर धर्ना दिएका थिए । आन्दाेलनरत अभिभावकहरूले निजी विद्यालयहरूले मनपरी रूपमा लिँदै आएकाे शुल्क उपमहानगरले निर्धारण नगरेसम्मका लागी तत्काल शुल्क लिन राेक्नु पर्ने माग गरेका छन् । 

 उपमहानगरले लिखित निर्देशन जारी गर्ने

धर्नाकालागी उपमहानगरपालिका पुगेका बिनाेद तिमिल्सिनाले शिक्षा महाशाखा प्रमुख कटवालसंग भएकाे छलफलमा निजी विद्यालयहरूले लिँदै आएकाे शुल्क तत्काल राेक्न उपमहानगरले लिखित निर्देशन जारी गर्ने भएपछि धर्ना राेकिएकाे बताएका छन् ।

उनले भने 'मेयर र उपमेयर दुबै हुनुहुन्न रहेछ । महाशाखा प्रमुखले मेयर साप नआउनजेल निर्देशन जारी गर्ने नमिल्ने बताउनु भएकाे छ ।  मेयरसाव आएपछि निर्देशन जारी गर्ने कुरा भएकाे छ । नजिक एक कार्यक्रममा जानु भएकाेले वहाँ आउन्जेल हामी यही रहने छाैं । धर्ना राेकिएकाे छ । '

अविभावकहरूसंग कुनै पनि प्रकारकाे शुल्क नलिन निजी विद्यालयलाइ जनकारी गराएकाे धरानका नगर प्रमुख तिलक राईले बताएका छन् । उनले भने ' काेराेना माहामारीका कारण विद्यालयहरू संञ्चालन नभएसंगै विद्यालय संञ्चालन, बैकलपिक शिक्षण, शुल्क निर्धारण लगायतका विषयमा उपमहानगरपालिकाले नगरका विद्यालयका संञ्चालकहरूसंग छलफल गरिरहकाे भएपनि शुल्क निर्धारण नहुन्जेल शुल्क नलिन भनेका छाैं । तर अविभावकहरूबाट शुल्क लिइरहकाे भन्ने गुनासाे आइरहकाे छ ।' 

नगर प्रमुख राईले आफु कार्यलयमा नभएकाेले तत्काल शुल्क लिन लिखित निर्देश जारी गर्न नसक्ने भएकाेले सम्पूर्ण जिम्मा महाशाखा प्रमुखलाई दिएकाे बताएका छन् । राईले भने ' म एउटा कार्यक्रममा छु कार्यालय जान पाएकाे छैन,  मैले महाशाखा प्रमुख जिम्मा दिएकाे छु, लिखित निर्देश जारी हुन्छ ।  ' 

 दाेस्राे त्रैमासिक परिक्षाकाका नाममा शुल्क उठाउँदै 

तिमिल्सिनाका अनुसार पछिल्लाे समय विद्यालयहरूले दाेस्राे त्रैमासिक परिक्षा गराउने भन्दै शुल्क तिर्न दवाब दिँदै आइरहेका छन् । ' मंसिर १८ मा दाेस्राे त्रैमासिक परिक्षा गराउने भएकाले त्यस अगावै सम्पूर्ण शुल्क तिरिसक्नु भन्दै म्यासेज गरिरहेका छन् । ' तिमिल्सिनाले भने  । शुल्क नतिरे विद्यार्थिहरूलाई परिक्षामा सहभागी नगराउने र फाइनल परिक्षामा फेल  गराउने भनेर विद्यालयहरूले दवाव दिइरहेकाे तिमिल्सिनाले बताएका छन् ।

लकडाउन खुलेपछिपनि स्रमहामारीकाे जाेखिम उस्तै रहेकाे विद्यालय कसरी संञ्चालन गर्ने भन्ने अझै अन्याेल छ । उपमहानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूलाइ विद्यालय संञ्चालनका लागी कार्ययाेजना माग गरेकाे बताउदै नगर प्रमुख राईले तत्काल विद्यालय खुल्ने वा परिक्षा हुने कुनै मिती तग नभएकाे बताएका छन् । उनले भने ' विद्यालयबाट याेजना आउने प्रकृयाकृया मै छ । आइसकेपछि छलफल हुन्छ । केहि समय अघि पछि हुन सक्ला एेले मिती तय भैसकेकाे छैन । '