ब्लाष्टखबर ।  नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीपले आफूलाई  काेराेना संक्रमण पुष्टि भएकाे  सामाजिक संञ्जाल ट्विटर मार्फत साझा गरेकाे छन् । उनले  मध्यराती ट्विट गर्दै  बुधबारदेखि शरिरमा दुखाइ महसुस भएकाे बताउँदै  काेराेना संक्रमण पुष्टि भएकाे बताएका छन् । 

उनले द्विटमा लेखेका छन् 'मलाई कोभिड-१९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य हो। बुधबारदेखि मेरो शरिरको केही भाग दुःखीरहेको थियो। तर अहिले मेरो स्वास्थ्यमा केही सुधार भइरहेको छ', आफूलाई कोरोना पुष्टि भएको जानकारी दिदैं  उनले ट्विट गरेका छन्। सबै राम्रो भएमा म छिट्टै मैदानमा फर्किनेछु। तपाईंहरूको प्रार्थनामा मलाई सम्झिनु होला।'