धरान । विरामी अवश्थामा रहेका लोकगायक सुरेश गन्धर्वको सहयोगका लागि धरानमा ‘सुरेश गन्धर्व सहयोग अभियान’ सुरु गरिएको छ ।

बिहीबार धरान स्थित रङ्गभूमी एकेडेमीमा भएको कलाकर्मी, सञ्चारकर्मीको भेलाले सहयोग अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानमा रङ्गकर्मी विष्णु मोक्तानको संयोजकत्वमा १९ जना सहभागी छन् । अभियानबाट संकलन भएको रकम जम्मा गर्न मेगा बैंक धरानमा लोकगायक गन्धर्वका छोरा यामकुमार गन्धर्व र सञ्चारकर्मी सञ्जीता धमलाको नाममा ०२२००५८२६९५४ नम्बरको खाता समेत खोलिएको छ । सो खातामा मेगा बैंकका कर्मचारीहरुको तर्फबाट ४ हजार जम्मा गरिएको छ भने अभियानका लागि हेम सुब्बाले २ हजार, सविता राईले १ हजार, सुमन चेम्जोङले १ हजार र प्रदीप नेयोङले १ हजार ५ सहयोग गरेका छन् ।

अभियान अन्तर्गत ठाउँबाट सहयोग संकलन गरि लोकगायक गन्धर्वको उपचारमा खर्च गरिने छ । हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत लोक गायक गन्धर्वलाई रङ्गकर्मी विष्णु मोक्तान, नेकपा नेता चोत्लुङ लगायतले प्रतिष्ठान पु¥याएका थिए । उनको स्वास्थ्य अवश्था बुझ्न धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भन्डारी लगायत पुगिसकेका छन् । उनीहरुले सहयोग गर्ने बचन समेत दिएका छन् ।

यसैबीच नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दल धरान नगर समितिले गायक गन्धर्वलाई औषधी खर्चको लागि ११ हजार २ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।