धरान १५ मा एक युवा झुन्डिएकाे अवस्थामा फेला, हत्या भएको हुनसक्ने आफन्तकाे आशंका

alt प्रतीकात्मक तस्बिर
  • कार्तिक १९, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर ।  धरान १५ मा गयराती एक युवा झुन्डिएकाे अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा ८ बेलबारी घर भएका ३० वर्षीय  बिक्रम भण्डारी मंगलबार राती करिब ९ बजेतिर कोठामा झुन्डिएकाे अवस्थामा फेलापरेका हुन् । 

वर्कसप सञ्चालन गरी बसेकाे भण्डारी झुण्डिएको अवस्थामा देखेपछि स्थानिय तथा प्रहरीले उद्दार गरी उपचारका लागि बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान  लगिएपछि अस्पतालमा उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बतएका छन् ।

मृत्युपछि आफन्तहरुले भने आत्महत्या नभइ हत्या भएको हुनसक्ने आशंका गरेका छन् । मृतक भण्डारी र उनकी श्रीमती बिच घरायसी विवाद हुनेगरेकाे बताइएकाे छ । 

डिएसपी बस्नेतका अनुसार घटनाकाे छानबिन गर्न आफन्तहरुले जाहेरी दिएका छन् । उनले घटनाको सर्जमिन मुचुल्का भइरहेको र अनुसन्धानका लागी श्रीमतीलाइ कार्यालयमा उपस्थित गराइएकाे बताएका छन् ।

 

संसदीय व्यवस्था र स ...

बेलबारी । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद ...

'कोभिसिल्ड’ले पायाे ...

ब्लाष्टखबर । औषधि व्यवस्था विभागले भारतमा उत्पादन ...

इस्टुको माग सम्बोधन ...

भद्रपुर ।  संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ...

नेपाल– भारत पेट्रोल ...

ब्लाष्टखबर । नेपाल– भारत  पेट्रोलियम पाइपलाइनमा प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved