आफ्नै छोराको हत्या गरेर भागेका मियाँ ११ वर्ष पछि पक्राउ

alt
  • कार्तिक १८, २०७७
  • ब्लाष्ट खबर

धरान । २०६६ सालमा आफ्नै तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर भागेका एक पुरुष ११ वर्षपछि पक्राउ परेका छन् ।

आफ्नै छोरा दिलसाह मियाँको हत्या अभियोगमा फरार रहेका सुनसरीको हाल भोक्राहा नरसिंह गाउँपालिका १९ (साविक नरसिंह गाविस–४) वस्ने ५१ वर्षीय बुनिया भन्ने करीम मियाँ पक्राउ परेका हुन् ।

माइतीघरमा बस्दै आएकी कान्छी श्रीमती अजिरन खातुनलाई लिन २०६६ साल मंसिर २२ गते ससुरालीघरमा गएका उनले श्रीमतीसंग वादविवाद भए पछि छोरा छोरीलाई लिई घर फर्कदै गर्दा बाटोमा श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएको र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएपछि ३ महिनाको छोरा दिलसाहको मृत्यु भएको भन्दै उजुरी परेको थियो ।

उनकै कान्छि श्रीमती अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएपनि उनी भागेपछि पक्राउ परेका थिएनन् । घटनापछि नेपालका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका उनलाई प्रहरीले यहि कार्तिक १७ गते इनरुवाबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका मियाँको कानुनी प्रक्रिया सुरु भएको बताएको छ ।

संसदीय व्यवस्था र स ...

बेलबारी । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद ...

'कोभिसिल्ड’ले पायाे ...

ब्लाष्टखबर । औषधि व्यवस्था विभागले भारतमा उत्पादन ...

इस्टुको माग सम्बोधन ...

भद्रपुर ।  संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ...

नेपाल– भारत पेट्रोल ...

ब्लाष्टखबर । नेपाल– भारत  पेट्रोलियम पाइपलाइनमा प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved