धरान । मोरङको केराबारी–६ बाट व्यापारीसहित ५ जना जुवाडे शनिबार राति पक्राउ परेका छन् ।

केराबारीमा हरेको कालिज पालन गरिएको कृषि फर्ममा जुवा खेल्दै गरेको अवस्थामा सञ्चालक भूपेन्द्र भट्टराईसहित ५ जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले ८ लाख ९९ हजार २५० रुपैयाँ नगदसहित पक्राउ गरिएको हो ।

उनीहरूलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरको टोलीले शनिबार छापा मार्ने क्रममा पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार कृषि फर्म सञ्चालन गरेको बाहानामा जुवा खेलाउने गरेको अनुमान गरिएको छ । यसअघि पनि सो ठाउँमा धेरै व्यक्तिहरू आउजाउ गर्ने गरेका थिए ।

एक स्थानीयका अनुसार कालिज खाने बाहानामा रातको समयमा विभिन्न स्थानबाट मानिसहरू आउने गरेका थिए ।