धरान । ब्राउनसुगरसहित एक भारतीय नागरिक झापाको मेचीनगर नगरपालिका–६ बाट पक्राउ परेका छन् ।

शनिबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले २६ ग्राम ब्राउनसुगरसहित भारत पश्चिम बंगाल खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाका अनुसार आलमले भारतबाट लुकाईछिापाई लागूऔषध ल्याउने गरेका थिए । उनीविरुद्ध थप अनुसन्धान अगाडि बढाइएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर लागूऔषध ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइएको छ ।