ब्लाष्टखबर । काठमाडौँको धापासीमा गोरखाका एक युवककाे छुरा प्रहार गरि हत्या भएकाे महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

टोखा नगरपालिका–५ धापासी बसेर पेन्टिङको काम गर्दै आएका गोरखाका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार हत्या भएको वृतले जनाएकाे हाे । 

युवतीकाे बिषयमा भएकाे ग्याङ फाइटमा मगरकाे हत्यहा भएकाे हुनसक्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्यामप्रसाद ज्ञवालीले जानकारी दिए ।

हत्या आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य २ जना फरार रहेकाले खोजी जारी रहेको  प्रहरी परिसर काठमाडौँले जनाएको छ ।