आठ दिनपछि उठ्याे मुकेश चौरसियाको शव , शुक्रबार भयाे अन्त्येष्टि

alt
  • कार्तिक १५, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर ।  मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी(नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको शुक्रबार अन्त्येष्टि गरिएको छ। 

चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको अन्त्येष्टि गरिएको हो।

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिएका थिए।  
      
सो गाँउपालिका कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो।(रासस)

मङ्सिर दोस्रो साताबा ...

इनरुवा/ कोशी गाउँपालिकामा मङ्सिरको दोस्रो साताबाट विद्य ...

पथरीका पहिलो गाविस अ ...

पथरीशनिश्चरे/ मोरङको पथरी गाउँविकास समितिका पहिलो अध्यक ...

दमकमा सार्वजनिक शौचा ...

दमक/ सधैँ व्यस्त हुने पूर्व–पश्चिम राजमार्गको साथ ...

स्कुलबाट मटर बरामद ...

भण्टाबारी/ सुनसरी प्रहरीले एक बोर्डिङ स्कुलमा छापा मारी ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved