धरान । सुनसरी प्रहरीले असोज महिनाभित्र मात्रै एक लाख रुपैयाँभन्दा बढीको भन्सार छली गरेर नेपाल भित्र्याएको खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाका विभिन्न नाकाबाट भित्र्याइएको एक लाख ६ हजार २५५ रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा सूर्तीजन्य पदार्थ बरामद गरेको हो । भन्सार छली गरी सुनसरीका विभिन्न नाकाबाट अवैध रूपमा भित्र्याइएको अवस्थामा बरामद गरिएको जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरू शुक्रबार आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ ।