भोजपुर । गृहमन्त्री राम बहादुर थापा बादलका सुरक्षा सल्लाहाकार तथा शैन्यबिद डा ईन्द्रजीत राईले गाउँमा प्रहरी चौकी स्थापना गरिएको छ । शैन्यबिद राईको गाउँ भोजपुरको आम्चोक गाउँपालिका वडा नम्बर १ वासिङथर्पुमा प्रहरी चौकी स्थापना गरिएको हो ।

जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । प्रहरी चौकीको उदघाटन शैन्यबिद राईले नै गरेका हुन ।

खोटाङसग सिमा जोडिएको वासिङथर्पुमा प्रहरी चौकी स्थापना भएसंगै अपराधिक घटना कम हुने आम्चोक गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए । प्रहरी चौकीमा असईको नेतृत्वमा ७ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक प्रदिप लामाले जानकारी दिए ।

यस्तै, आम्चोक गाउपालिका ९ दुम्मानामा पनि प्रहरी चौकी राख्ने ठाउँको अनुगमन गरिएको छ । अनुगमनमा गृहमन्त्रीका सुरक्षा सल्लाहाकार राई , प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी , प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्द , आम्चोक गाउपालिका अध्यक्ष लगाएतको सहभागिता रहेको थियो । दुम्मानामा प्रहरी चौकी स्थापनाका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा समेत निवेदन पठाई सकिएको प्रहरी नायव उपरिक्षक चन्दले बताए ।