विप्लव समूहका पूर्वी कमाण्ड हतियारसहित पक्राउ

alt
  • कार्तिक १३, २०७७
  • ब्लाष्ट खबर

विराटनगर/ नेत्रविक्रम चन्द (विप्लव) नकेपाका पूर्वी कमाण्डर (चौथो कम्पनी कमिसार) हातहतियरसहित दुई जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) लाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको मोरङ प्रहरीका डिएसपी मानबहादुर राईले जानकारी दिए । घिमिरे सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको डिएसपी राईले जानकारी दिए ।

उनीहरूमाथि हातहतियार खरखजना सहित मिक्लाजुङका स्थानिय मानिसहरुसँग चन्दा अशुल उपरको आरोप पनि लागेको छ । प्रहरीले उनीहरूको साथबाट हातहतियार खरखजना, बिष्फोटक पदार्थ, विप्लव समुहको दस्तावेज र वन्दोवस्तीका सामानहरु समेत फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने फालमको टुक्रा १ बट्टा, हाई एक्सप्लोसिप बिष्फोटक पदार्थ (जिलेटिन) २ प्याकेटमा ३ केजीको, सुतली बम २ थान, १ थान सकेट बम, टुकी बम १ थान, ३५ थान ईलेक्ट्रिक डेटोनेटर, १८ थान नन ईलेक्ट्रिक डेटोनेटर, ६ थान लाईटर, १२ भोल्टको ब्याट्री, एक्सप्लोसिप गन पाउण्डर र बारुद्धसमेत ४ बट्टा बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री ओली र ...

धरान । बिहीबार विहान नेपाल आएका भारतीय विदेश सचिव हर्षब ...

प्रदेश १ मा २०७ संक् ...

धरान । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन ...

नाली निर्माणमा अनियम ...

विराटनगर । विराटनगर महानगरपालिका–१३ बिकेभिएम स्कू ...

बेल्टारमा कार्यरत प ...

ब्लाष्टखबर । ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved