धरान । लागूऔषध खरिद र संचय गरेको आरोपमा धरान–१७ बाट एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले जाँच गर्ने क्रममा लु ६० प २३४२ नम्बरको मोटरसाइकलमा सवार कोशी गाउँपालिका–६ श्रीपुर जब्दीका १९ वर्षीय देवरामकुमार यादवलाई नियन्त्रणमा लिइएको छ ।

कात्तिक ६ गते साँझ ७ बजेर ४० मिनेटमा धरान चतरा सडकखण्ड अन्तर्गत सर्दु पुलबाट जाँचका क्रममा भाग्न खोज्दा लडेपछि पक्राउ गरी जाँच गर्दा लेगार्डमा झुण्डाएको अवस्थामा डाइलेक्स डिसी १९ बोतल, स्पास्मोप्रोक्सिभन प्लस १४४० क्याप्सुल र नगद १ हजार ३ सय रुपैयाँ बरामद गरिएको छ ।

उनको साथबाट रियलमी कम्पनीको एक थान मोबाइलसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।