ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हाताबाट माेटरसाइकल चाेरी गरेर लादै गर्दा माेटरसाइकल सहित १ जना पक्राउ परेका छन् भने अर्का १ जना फरार भएका छन् । 

 काे २५ प ३५५६ नम्बरकाे माेटर साइकल चाेरी गरेर लादै गर्दा प्रतिष्ठानकाे सुरक्षाकाे खटिएका भिआइपी सेक्युरेटीका सेक्युरेटी सुपरभाइजर बसन्त राईकाे नेतृत्वकाे टाेलीले माेटरसाइकलसहित चतरा घर बताउने वर्ष २५ का हरि प्रसाद निरौलालाई  नियन्त्रणमा लिएकाे छ ।  

धरान १७ का २३ वर्षीय लक्ष्मण खनाकाे १५० सीसीकाे कालाे रङ्गकाे पल्सर प्रतिष्ठानकाे गाइनाे पाेइङ्ग अगाडी पार्क गरी राखेकाे अवस्थामा चाेरी गरि लादै गर्दा नियन्त्रणमा लिइएकाे थियाे । लियन्त्रणमा लिने क्रममा चाेरीमा संलग्न फरार रहेका १६ वर्षीय सुदिप दाहाल रहकाे बताइएकाे छ । पक्राउ परेका निरौलालाई इलाका प्रहरी कार्यालय धरानलाई जिम्मा लगाएको छ ।