धरान । भारतबाट भन्सार छली गरी भित्र्याइएको करिब सवा तीन लाख मूल्य बराबरको सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा कात्तिक ५ गते रातिको समयमा मोरङ विराटनगर–६ घाँसचोकबाट ३ लाख २१ हजार ६०० मूल्य बराबरको तयारी पोसाक वितरण गरेको हो । प्रहरीले भारतीय नागरिक बिहार राज्यस्थित अररिया जिल्ला जोगमनी पञ्चायत–९ का २२ वर्षीय किसनकुमार रायलाई नियन्त्रणमा लिइएको छ ।

arrest-raya

उनले अवैध रूपमा भण्डारण गरेर राखेको अवस्थामा प्रहरीले कुर्तासुरुवाल, कुर्ती सिङ्गल, सुरुवाल, जेन्स पाइन्ट, टिसर्ट बरामद गर्न सफल भएको छ । बरामद सामग्री र रायलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको छ ।

त्यस्तै अवैध रूपमा ल्याइएको प्याज पनि बरामद गरिएको छ । कात्तिक ५ गते बिहानको समयमा विराटनगर–१५ रानीबाट भन्सार छली गरेर ल्याइएको अवस्थामा बेवारिसे छाडिएको करिब १० हजार मूल्य बराबरको प्याज पनि बरामद गरिएको छ । आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाइएको छ ।