ब्लाष्टखबर । गैंडाकाे खाग सहित इनारूवाका एक व्यक्ति पक्राउ परेका छन् । 
संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भईरहेको सुचनाको आधारमा खटिएकाे प्रहरी टाेलिले आज इनरूवा नगरपालिका ७ का ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेकाे महानगरीय अपराध महाशाखा  काठमाडाैंले जनाएकाे छ । 
 
महाशाखाका अनुसार काठमान्डाैं स्थित कपनमा बस्दै आएका रिजाललाई काठमान्डाैं महानगरपालिका ६ चुच्चेपाटी स्थित ल्यामु चोकबाट गैंडाको खाग सहित पक्राउ गरेकाे हाे ।  शिक्षण पेसा गर्दै आएका रिजाललाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको उक्त कार्यालयले जनाएकाे छ ।