ब्लाष्टखबर ।  जबरजस्ती करणीका फरार प्रतिबादीलाई १५ महिनापछि प्रहरीले पक्राउ गरेकाे छ । ७६ साल साउन १५  गते माेरङका १३ बर्षीया बालिका र   र १९ बर्षीया युवतीलाई बलात्कारी गरी फरार भएका  नपालथान-७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल र २३ बर्षीय मन्जित मण्डललाई प्रहरीले पक्राउ गरकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गाँउ घरमै लुकिछिपि बसिरहकाे अवश्थामा पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाईएको पनि उक्त कार्यालयले जनाएकाे छ ।