धरान । जुवाको खालबाट इलाका प्रहरी कार्यालय इटहरीको टोलीले नगदसहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

इटहरी–८ रत्न अधिकारीको घरको तेस्रो तलामा तास खेल्दै गरेको अवस्थामा २० हजार ३८० रुपैयाँसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट ३ बुङ तास पनि बरामद गरेको छ । प्रहरीले घरधनी रत्न अधिकारीलाई पनि पक्राउ गरेको छ भने अन्य पक्राउ पर्नेमा इटहरी–८ का ५५ वर्षीय हरेम्ब भट्टराई, ५३ वर्षीय शेखर चौधरी, इटहरी–६ का ४८ वर्षीय महेश बराल, इटहरी–९ का ४५ वर्षीय डिकबहादुर कार्की, इटहरी–८ का रामनाथ हरिजन, ४६ वर्षीय भीम भुजेल, ५६ वर्षीय रामबहादुर कार्की र ४९ वर्षीय रंगनाथ रिजालाई रहेका छन् ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही अगाडि बढ्ने प्रहरीले जनाएको छ ।