ब्लाष्टखबर । ललितपुरमा अपहरणमा परेकी ८ वर्षीया बालिकालाई प्रहरीले सकुसल उध्दार गरेकाे महानगरीय प्रहरी वृत सातदोबाटोले जनाएकाे छ ।

प्रहरी वृतका अनुसार साेमबार साझ  ७:३० बजे महालक्ष्मी नगरपालिका ४ बाट अपहरणमा परेकी सिम्रौनगढ नगरपालिका १ का गुड्डी साहकी ८ बर्ष की छोरी  अनुखा साहलाई राति १०:१५ मा  ललितपुर महानगरपालिका २१ हरिसिद्धिबाट सकुसल उध्दार गरिएकाे हाे । 

डेरा नजिकै खेलिरहकाे अवस्थामा अज्ञात २ व्यक्तले साईकलमा राखि लगेकोभन्ने माैखिक जनाकारीका अाधारमा तत्काल खटिएकाे प्रहरी टाेलीले प्रविधिका प्रयाेग गर्दै खाेजतालस गर्दा हरिसिद्दीस्थित सीता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा सकुसल उध्दार गरेकाे वृतले जनाएकाे छ । 

अपहरणमा संलग्न मुख्य अभियुक्त सर्लाही हरिवन नगरपालिका ८ बासटोल घर भई ललितपुर माहानगरपालिका २९ हरिसिद्दीका ३० वर्षीय राजु कार्की, धनुषाकाे धारापानी गाउँपालिका २ घर भई हाल हरिसिद्दी बस्दै बर्ष ४० का कृष्ण तोलामी  र काभ्रे नमोबुद्ध नगरपालिका वडा नम्बर ८ बुझाकोट घर भई हरिसिद्दी बस्ने बर्ष २३ की सिता परियारलाई प्रहरी नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत सातदोबाटोबाट थप अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएकाे छ ।