ब्लाष्टखबर ।  विराटनगर महानगरपालिका १५ का ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राईलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेकाे छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएकाे प्रहरी टोलीले उनीहरुलाई उपमाहानगरपालिकाकाे १६ नम्बर वडा स्थित दरैया एरियाबाट आज विहान सवा ४ बजे पक्राउ गरेकाे उक्त कार्यलयले जनाएका छ ।

कार्यालयका अनुसार उनिहरूकाे साथबाट ६२ बोतल डाईलेक्स डिसी, १८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध बरामद भएको छ ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइ थप अनुसन्धान भई रहेको  उक्त कार्यालयले जनाएकाे छ ।