ब्लाष्टखबर । आईपिएलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले गयराती ३ जनालाई पक्राउ गरेकाे छ  ।

पक्राउ पर्नेहरूमा विराटनगर १६ भट्टीमोड बस्ने ३७ वर्षका पुरूषोत्तम साह, सोही स्थान बस्ने ३५ बर्षका मन्जित साह र विराटनगर १५ जानकी मन्दिर छेउ बस्ने २८ बर्षका अपजर अली रहेका छन् । 

दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) खेलमा अनलाइन मार्फत सट्टेबाजी खेल भैरहकाे भन्ने  सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएकाे प्रहरी टाेलीले उनिहरूलाई भट्टीमोडबाट पक्राउ गरीएकाे जनाएकाे छ ।

पक्राउ परेका उनिहरूकाे साथबाट प्रहरीले अठाईस हजार पाँच सय नगद, ३ थान मोवाइल, ३ वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरेको जनाएकाे छ । पक्राउ परेका तिनै जना माथी जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएकाे छ ।