ब्लाष्टखबर । मोरङको जहदा गाउपालिकाबाट प्रहरीले विभिन्न ब्राडका अन्दाजी ८० हजार मुल्य बराबरको मदिरा बरामद गरेको छ ।

गाउँपालिकाको १ नम्बर वडा धुनि मोडमा को १ ह ३७९२ नम्बरको टेम्पूलाई चेकचाज गर्ने क्रममा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोलीले २० काटुन फोर स्टार बियर, १ काटुन गोल्डेन अक, १० काटुन उमंग, २ बोतल सिंग्नेचर बरामद गरको उक्त कार्यालयले जनाएको छ ।

बरामद गरिएको मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने कार्य भई रहेको कार्यालयले जनाएको छ ।