धरान । भन्सार छली गरेर ल्याइएको सूर्तीजन्य पदार्थ इटहरी प्रहरीले शनिबार बिहान बरामद गरेको छ ।

इटहरी–८ पुष्पलाल चोकको भित्री सडकखण्डबाट प्रहरीले ३ बोरा सूर्तीजन्य पदार्थ बरामद गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चेकजाँचको क्रममा २४५ पोका (प्रतिपोका १२ प्याकेट) सूर्तीजन्य पदार्थ बरामद गर्न सफल भएको हो । भन्सार छली गरेर भारतबाट ल्याउँदै गरेको अवस्थामा सुनसरी हरिनगर गाउँपालिका–९ का २३ वर्षीय अरविन्द्र मेहतालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।

उनले को ३ प ८३१८ नम्बरको मोटरसाइकलमा लोड गरेर ल्याएको अवस्थामा प्रहरीले बरामद गर्न सफल भएको छ । इप्रका इटहरीले आवश्यक कारबाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा पठाएको छ ।